Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान


२४, भदौ २०८१
  • 148
    SHARES
  • पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान

    काठमाण्डौ – नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ । तेक्वान्दो सङ्घले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामा र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो ।

    पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले पलेशालाई २५ हजार र भरतलाई १० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । तेक्वान्दो सङ्घले पारा तेक्वान्दोको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोषाध्यक्ष एवम् सङ्घको पारा कमिटीको संयोजक कसिम मिया धोबीलाई सम्मान गरेको छ ।

    सङ्घले पलेशाका आमाबाबुलाई पनि सम्मान गरेको छ । पेरिस पारा ओलम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गतेको के–४४ विधा अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कांस्य जितेकी थिइन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend