Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी


२७, भदौ २०८१
  • 170
    SHARES
  • करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी

    काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड दिनुभएको छ ।

    एरिकाले गएको वर्ष चीनको हाङजाउमा भएको १९औँ एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । त्यस्तै उनले १०औँ सितोरियो कराते विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

    स्यान्टु पेरिस ओलम्पिक्समा छनोट हुने तेस्रो नेपाली खेलाडी हुन् । अहिले स्यान्टु अष्ट्रेलियामा रहेको कारण उनको बुवाले अवार्ड ग्रहण गरे । एरिका र स्यान्टु दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

    वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डबाट पलेशा गोवर्धन सम्मानित भएकी छिन् । पलेशाको अभिभावक र प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ ।

    यस्तै वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी र वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट क्रिकेटका दिपेश कडेल सम्मानित भएका छन ।

    नेपाल कराते महासङ्घ उत्कृष्ट सङ्घ बनेको छ । खेल पत्रकारिता अवार्डबाट अनिल मल्ल ठकुरी र नमिता दाहाल सम्मानित हुनुभएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend