Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रिमियर लिगमा चेल्सी, सिटी र युनाइटेड विजयी : लिभरपुल नटिङघमसँग पराजित


३०, भदौ २०८१
  • 178
    SHARES
  • प्रिमियर लिगमा चेल्सी, सिटी र युनाइटेड विजयी : लिभरपुल नटिङघमसँग पराजित

    काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा चेल्सी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।

    चेल्सीले बर्नमाउथलाई १–० गोलले हरायो । चेल्सीका लागि क्रिस्टाेफर एनकुन्कुले गाेल गरे । याे जीतसँगै चेल्सी ४ खेलमा ७ अङ्कसहित तालिकाकाे साताैं स्थानमा छ । बर्नमाउथ ४ खेलमा ५ अङ्कसहित ११ औं स्थानमा छ ।

    यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफाेर्डलाई २–१ गाेलले हरायाे । सिटीका लागि एर्लिङ हाल्यान्डले दुई गाेल गरे । ब्रेन्टपाेर्डका याेएस वेइसाले गाेल गरे । लगातार चाैथाे जीतसहित सिटी १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा ५ । ब्रेन्टफाेर्ड ४ खेलमा ६ अङ्कसहित नवाैं स्थानमा ५ ।

    यस्तै अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले साउथ्याम्पटनलाई ३–० गाेलले हरायाे । युनाइटेडका लागि म्याथेस डी लिग्ट, मार्कस रशफाेर्ड र एलेजान्ड्राे गर्नाचाेले गाेल गरे । याे जीतसहित युनाइटेड ४ खेलमा ६ अङ्कसहित तालिकाकाे १० औं स्थानमा छ ।

    यस्तै नटिङघम फरेस्टले लिभरपुललाई १–० गाेलले हरायाे । नटिङघमका लागि कालम हड्सन ओडीले गाेल गरे । याे जीतसहित नटिङघम ४ खेलमा ८ अङ्कसहित तालिकाकाे पाँचाैं स्थानमा छ । लिभरपुल ४ खेलमा ९ अङ्कसहित दाेस्राे स्थानमा छ ।

    यस्तै एस्टन भिल्लाले एभर्टनलाई ३–२ गोलले हरायाे । अन्य खेलमा फुलहम र वेस्ट ह्यामले १/१ गोलको, क्रिस्टल प्यालेस र लेस्टर सिटीले २/२ गोलको तथा ब्राइटन र ईपस्वीच टाउनले गोलरहित बराबरी खेलेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend