काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य अजयवावु शिवाकोटी प्रमुख रहेको विभागमा सदस्य मनोनयन गरेका हुन् ।
मनोनयन हुनेहरुमा पूर्णलाल श्रेष्ठ, पुष्पराज जोशी, डा.राजेन्द्र श्रेष्ठ, नृप साउँद, प्रकाश राय, महेन्द्र लामा, विपिन किरण, ई.आयुष गौतम, चन्दा क्षेत्री र प्रविण ददेल रहेका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
