Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस


३१, भदौ २०८१
  • 122
    SHARES
  • सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातले देखाएकाले थप छानबिन गर्न सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले लेखी पठाउने भएको छ ।

    समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी पूर्वश्रीमती ज्योति गुरुङको संलग्नता रहेको कागजात पाइएको हो ।

    धनराज दम्पतीले २०७६ फागुन २९ मा अदालतबाट सम्बन्धविच्छेद गरेका थिए । तर, २०७७ फागुन ३ मा मितेरी सहकारीबाटै १२ लाख रुपैयाँ ऋण लिँदा धनराजले हकवालाका नाममा ज्योतिकै नाम लेखेका थिए ।

    सहकारी छानबिन समितिले आज सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्य थापाले सभामुख देवराज घिमिरेलाई सो प्रतिवेदन बुझाउने कार्यसूची रहेको छ ।

    समितिले रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भने दोषी ठहर गरेको छ । उनले विभिन्न सहकारीबाट झण्डै ९० करोड रकम झिकेर गोर्खा मिडिया नेटवर्कमा लगेको देखिएको समितिको ठहर छ । समितिले रविसहित ९ जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको स्रोतले जनाएको छ ।

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend