अर्घाखाँची । काम सम्पन्न भएपछि भुक्तानी लिन हतारीदै नगरपालिकाको कार्यलय पुगेका शितगंगा नगरपालिका-६ का मुकुन्द पौडेल योजनाको रकम भुक्तानी नभएपछि निरास भए । सम्पन्न भएका अधिकांस योजनाको फाइल नगरपालिकामा पुगेका छन, तर पनि योजनाको भुत्तानी हुनसकेको छैन । मुकुन्द मात्र होईन अर्घाखाँचीको शितगंगा नगरपालीका १२० जती योजनाको काम सम्पन्न भएपनी रकम भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिए ।
सरकारले बित्तिय समानिकरणमा प्रक्षेपण गरेको रु १४ करोड ९७ लाखमा शितगंगा नगरपालिकामा १३ करोड ९ लाख मात्र बजेट आएको छ । यस्तै संघिय राजस्व बाडँफाड तर्फ १५ करोड ८२ लाख आउनु पर्नेमा ११ करोड ८८ लाख मात्र बजेट आएको छ । यस्तै प्रदेश राजस्व बाँडफाड तर्फ शितगंगा नगरपालिकामा २ करोड ५० लाख आउनु पर्नेमा १ करोड ९९ लाख मात्र आएको प्रमुख प्रशासकिय अधिकृत खनालको भनाई रहेको छ ।
आन्तरिक आयतर्फ नगरपालिकाले अनुमान गरे अनुसारको ३ करोड ५० लाख राजस्व संकलन गर्न सफल भएको छ तर आन्तरिक राजस्व तर्फ प्रदेश र बन रोयल्टी ८० लाख अहिले सम्म नगरमा नपठाउदाँ आन्तरिक तर्फको बजेट समेत २ करोड २० लाख मात्र रहेको छ । यस अनुसार हेर्दा शितगंगा नगरपालिकामा यस बर्ष बित्तिय समानिकरण तर्फ १ करोड ८८ लाख कमि भएको छ, संघिय राजस्व बाडँफाड तर्फ ३ करोड ९४ लाखले कमी भएको छ ।
प्रदेश राजस्व बाँडफाड तर्फ ५० लाख र आन्तरिक राजस्व प्राप्ति तर्फ १ करोड ३० लाख गरि यो बर्ष शितगंगा नगरपालिकाको संघ र प्रदेशबाट प्राप्त हुनु पर्ने ७ करोड ३३ लाख बजेट प्राप्त नहुँदा हरेक योजना तथा कार्यक्रमको भुक्तानीमा समस्या भएको योजना शाखा प्रमुख नुमलाल खनालले बताए । देशकै ठुलो नगरपालीका भएपनी संघिय र प्रदेश सरकारबाट न्युन बजेट बिनियोजन हुने र त्यसमापनी बजेट कटेर आउदा बर्षेनी यो समस्या दोहोरीरहेको नगरप्रमुख छबिलाल पौडेलले बताए ।
यसरी काम सम्पन्न गर्दा पनी समयमै भुक्तानी नपाउदा उपभोक्ता समिती र ठेकेदार निकै मारमा परेका छन् । विगतका बर्षमा पनि यस्तो समस्या आइरहेको र दायित्व शिर्षकमा राखि आगामि आ.व.को बजेटबाट भुक्तानी दिने गरीएको प्रशासकिय अधिकृत खनालले जानकारी दिए ।