Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य सेवा प्रवाहमा रुरुक्षेत्र गाउँपालिका प्रथम


१, असोज २०८१
  • 270
    SHARES
  • स्वास्थ्य सेवा प्रवाहमा रुरुक्षेत्र गाउँपालिका प्रथम

    गुल्मी । स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रथम भएको छ ।

    आर्थिक वर्ष २०८०/०८१ को स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतिको मुख्य सूचकहरुको मूल्याङ्कनको आधारमा दुई नगरपालिका र दश गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिका ७१.८२ नम्बर प्राप्त गर्दै जिल्लामा पहिलो बनेको हो ।

    कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा यहाँको सत्यवती गाउँपालिका ७१.१९ अंङ्कसहित दोस्रो र छत्रकोट गाउँपालिका ७०.४९ लिएर तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।

    स्वास्थ्य कार्यालयको आयोजना तथा रेसुङ्गा नगरपालिकाको आतिथ्यतामा गत आव २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट भएका तीन पालिकाहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

    १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले वर्षभरीमा आफ्नो पालिकाबाट भएका स्वास्थ्यसम्बन्धी गतिविधि प्रस्तुत गर्नुभयो । सहभागीहरुले जिल्लामा वर्थिङ् सेन्टर संख्यात्मक रुपमा धेरै रहेपनि गुणात्मक परिणाम आउन नसकेको बताउनुभयो ।

    सहभागीको तर्फबाट बोल्दै गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले बर्थिङ् सेन्टरहरुमा गुणात्मक रुपमा परिणाम आउनेगरी काम गर्न आवश्यक देखिएको बताउनुभयो ।

    हाम्रै बर्थिङ् सेन्टरहरुमा गुणात्मक रुपमा प्रसूति हुन सकेको छैन । कतै बर्थिङ् सेन्टरमा आम नागरिकहरुको विश्वास भएन कि, उहाँले भन्नुभयो, प्रत्येक पालिकामा एउटा राम्रो बर्थिङ् सेन्टर बनाउन सक्नुपर्छ ।

    अन्य वर्थिङ्ग सेन्टरलाई एकाइका रुपमा बनाउनेतर्फ अग्रसर हुनुपर्छ । किशोरीहरुमा भएको रक्तअल्पता यस जिल्लामा लागि चुनौतीको विषय भएको उल्लेख गर्नुभयो । यसको समाधानका लागि यथाशीघ्र योजना अगाडि सारेर कार्यान्वयनमा जान आवश्यक रहेको बताउनुभयो ।

    स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका फोकल पर्सन कुमार थापाले दुई दिने समिक्षा कार्यक्रममा उठेका विषयहरुलाई प्रदेशमा आवश्यक सहजीकरणका लागि छलफल गर्ने बताउनुभयो ।

    जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले समिक्षा बैठकमा गहन ढङ्गले जिल्लामा सञ्चालन गरिएका स्वास्थ्यका क्रियाकलापहरुको समिक्षा गरिएको भन्दै स्वास्थ्यका सूचकहरुमा राम्रो हुँदै गएको बताउनुभयो । गुल्मीको स्वास्थ्यको अवस्था राम्रो बनाउन सबै पालिका लाग्नुपर्ने बताउनुभयो ।

    त्यस अवसरमा स्वास्थ्य कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा जनस्वास्थ्य अधिकृत पशुपति आचार्यलाई सम्मान गरेको छ ।

    स्वास्थ्यको क्षेत्रमा जिल्लाको वास्तविक अवस्थाको पहिचान गर्न, नमुना कार्यको अनुसरण गर्न, स्वास्थ्यमा रहेका समस्याको पहिचान गर्न, समस्याको समाधानका लागि सामूहिक पहल गर्न र आगामी दिनका कार्यक्रममा सुदृढीकरण गरेर अगाडि बढ्न सहयोग पुग्ने कार्यालय प्रमुख पुष्पा थापाले बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend