Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन : सभापति देउवा


१, असोज २०८१
  • 166
    SHARES
  • प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमार्फत अहिले प्रदेश संरचना हटाउन सक्ने स्थिति नरहेको बताएका छन् ।

    मंगलबार कांग्रेस कानुन विभागले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशलाई पारदर्शी र उत्तरदायी बनाउने कुरामा मात्रै सोच्न सकिने बताए ।

    ‘प्रदेश संरचना बनिसकेको छ । हट्ने कुरा छैन, यो हटाउन सक्ने स्थिति पनि छैन । कसरी प्रदेश संरचनालाई उत्तरदायी बनाउने ? प्रदेश संरचनालाई कसरी पारदर्शी बनाउनेदेखि लिएर साह्रा कुराको सम्बन्धमा विचार गर्ने सोच्ने, त्यसअनुरुप सुधार गर्ने कुराहरु हुनसक्छन्,’– उनले भने ।

    त्यस्तै, देउवाले प्रजातन्त्रको खिलापमा संविधानका कुनै पनि व्यवस्था संशोधन नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफू प्रजातन्त्रको लागि जेलनेल भोगेर आएको स्मरण गराउँदै उनले अग्रगामी संशोधन हुने विश्वास दिलाए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend