Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दक्षिण अफ्रिकामाथि अफगानिस्तानको ऐतिहासिक जीत


३, असोज २०८१
  • 141
    SHARES
  • दक्षिण अफ्रिकामाथि अफगानिस्तानको ऐतिहासिक जीत

    काठमाडौँ । दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जीत हात पारेको छ ।

    दक्षिण अफ्रिकासँग पहिलो पटक ३ खेलको ओडिआई सिरिज खेलिरहेको अफगानिस्तानले पहिलो खेलमा ६ विकेटको जित हात पारेको हो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो पटक हो ।

    युएईको शारजहामा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको ऐतिहासिक जितमा गुलबदिन नैबले २७ बलमा नट आउट ३४ तथा अजमततुल्लाह ओमारजाइले ३६ बलमा नट आउट २५ रन जोडे ।

    कप्तान हशमतुल्लाह शाहिदी र रियाज हसनले समान १६ रन बनाए । दक्षिण अफ्रिकाका लागि विजोन फर्टुनले २ तथा एडेन मारकम र लुंगि एन्गेडिले समान १ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ३३.३ ओभरमा १ सय ६ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि वायन मुल्दारले ८४ बलमा सर्वाधिक ५२ रन जोडे । विजोन फर्टुनले १६, टोनी डि जोर्जीले ११ तथा क्लेन भिरेनले १० रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    अफगानिस्तानका लागि फजल-हक फारुकीले ४, अल्लाह गजान्फरले ३ तथा राशिद खानले २ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार रहेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend