Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ओली प्रधानमन्त्री भएपछि दुई खर्ब ऋण बढिसक्यो, देश झन–झन भासमा फसेको छ : नेता डा.खड्का


६, असोज २०८१
  • 131
    SHARES
  • ओली प्रधानमन्त्री भएपछि दुई खर्ब ऋण बढिसक्यो, देश झन–झन भासमा फसेको छ : नेता डा.खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले जनता र सरकारबीचको डोरी खतरामा रहेको बताएका छन् ।

    आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनतासँगको कनेक्सन टुटेर सरकार चङ्गाजस्तै आकाशमा रहेको बताए । उनले जनतालाई केन्द्रविन्दुमा राखेर काम नगर्ने हो भने वर्तमान सरकार दुई दिनको पाहुना हुने उनको भनाइ छ ।

    ‘सरकार र जनताबीचको चङ्गाको डोरी खतरामा देखिरहेको छु । जनताको कनेक्सनबाट टुटेर सरकार आकाशमा चङ्गाजस्तो कताकति देखिने, कहाँ गएर झर्ने हो थाहा छैन ।’ उनले भने, ‘जनतालाई ध्यान दिएर लगनशीलताका साथ काम गर्नुभयो भने हो, नभए आफू केन्द्रीत र नेता केन्द्रीत हुन थाल्यो भने दुई दिनको पाहुनाजस्तो हुन्छ ।’

    सरकारले सानोतिनो टालटुले कामले भन्दा पनि जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने गरी काम गर्नुपर्ने उनको सुझाव छ । केपी ओली प्रधानमन्त्री बनेको दुई महिनामा दुई खर्ब ऋण बढिसकेको उनको दाबी छ । प्रधानमन्त्री ओलीको कार्याकाल सकिँदा देशको ऋण २८/२९ खर्ब पुग्ने उनको अनुमान छ ।

    ‘यो दुई महिनामा दुई खर्ब ऋण बढिसक्यो । झण्डै २६ अर्ब, यो भन्दा अगाडि २४ खर्ब थियो, अहिले २६ खर्ब पुगिसक्यो । अब ओलीजीको कार्यकाल सकिँदा २८/२९ खर्ब पुग्ला । शेरबहादुर देउवाजीको पालमा ३०/३२ खर्ब होला । ऋणदेखि बाहेक केही छैन । ऋण पनि हामी सदुपयोग गर्न सक्दैनौं । पछि आउने जेनेरेशनले कसरी तिर्छन्, ? त्यसको कुनै हिसाबकिताब हुँदैन,’– उनले भने ।

    विगतमा नचाहिनेखालका हजारौं योजना बनाएर देशलाई ऋणमा फसाइएको उनले बताए । देश झन–झन भासमा फसेको उनको दाबी छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend