काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक सिप विकास विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल प्रमुख रहेको विभागमा सदस्य मनोनयन गरेका हुन् ।
मनोनयन हुनेहरुमा वीना तामाङ, कोमलकान्त झा, प्रतिभा अदुवा श्रेष्ठ, निशा मल्ल ठकुरी, सुनिल श्रेष्ठ, उमाकुमारी थापा, फरिन्दा महर्जन, रमेश के.सी, सीतादेवी बस्नेत कार्की र प्रमिला जैरू रहेका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
