दाङ । नेपाल क्यानडा टुरिजम कल्चर एन्ड ट्रेडको आयोजनामा शुक्रबार तुल्सीपुर उपमहानगरपालिकाको कार्यक्रम हलमा शिक्षा र कृषि विकास छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम तुल्सीपुर उपमहानगपालिकाका नगर प्रमुख कार्यक्रमका प्रमुख टीकाराम खड्काले तुल्सीपुर उपमहानगपालिकाले पर्यटन क्षेत्रमा गरेको कामका बारेमा जानकारी दिँदै आफ्नो पालिकामा समेत छिट्टै सहकार्य गर्ने वचन दिदैँ कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले शिक्षा र स्वास्थ्यको विकासमा सबैको हातेमालो आवस्यक रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष नरबहादुर टण्डनले नेपालको विकासमा आफ्नो पनि चासो रहेको बताउदैँ क्यानडा र नेपालको सम्बन्धलाई अगाडि बढाएर देश विकासमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा आफनो भनाइ राख्नुभएको थियो ।
टण्डनले परदेशमा बसेर पनि देशको लागि धेरै काम गर्न सकिन्छ भन्दै उहाँले विदेशमा रहनेहरुको साथ बिना देशको विकास र समृद्धि सम्भब नरहेको जिकिर गर्नुभयो । यसै कुरालाई मध्यनजर गर्दै आफु यस अभियानमा लागेको बताउनुभयो ।
त्यसपश्चात दङ्गिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिले दंङ्गिशरण गाउपालिकामा कार्यक्रम आवश्यक रहेको र पालिका कार्यक्रमका लागि सहकार्य गर्न तयार रहेको साथै पालिकामा छिटै कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
त्यसैगरी बबई गाउपालिकाका अध्यक्ष कुलबहादुर केसीले पनि पालिका कार्यक्रमका लागि सहकार्य गर्न तयार रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । बंगलाचुली गाउपालिकाका उपाध्यक्ष भक्तबहादुर जिःसीले कार्यक्रम प्रभावकारी रहेको तर सबैतिर भन्दा परिक्षणका रुपमा थोरै विद्यालय लिन सुझाव दिँदै आफनो पालिकामा कार्यक्रम सहकार्यका लागि स्वागत गर्नुभयो ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष राम कुमार क्षेत्रीले तिनै तहको सरकारको स्वास्थ र शिक्षामा एकातिर लगानी कम छ भने भएको लगानी सही सदुप्रयोग नभएको भन्दै लगानीलाइ पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम प्रवन्धक डा.सुरेन्द्र विक्रम बस्नेतले कार्यक्रमको विषयवस्तु आवश्यकता र पालिकाहरुको सहकार्यका बारेमा प्रकाश पार्नुभयो । कार्यक्रमका सहभागीहरुले भौतिक संरचना हुँदाहुँदै पनि सरसफाइमा लापरवाही गरिएको बताएका थिए ।
कार्यक्रममा जिल्ला संयोजकहरुले जिल्लामा रहेका विद्यालयको अवस्थाको बारेमा प्रतिवेदन पेश गरेका थिए ।