काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० जना सदस्य मनोनयन गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर शाह प्रमुख रहेको विभागमा सदस्यहरु मनोनयन गरेका हुन् ।
मनोनयन हुनेहरुमा प्रा.ई.महेश सिंह कठायत, बासु कार्की, टेकबहादुर कुँवर, लाक्पा शेर्पा, नरेन्द्र साह, अस्मिता लामा ‘खुशीमाया’, तेज शाह, धनबहादुर गिरी, माधव पाण्डे र मोहन सुनार रहेका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
