Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस सभापति देउवा वीरगन्जमा, सुरक्षा व्यवस्था चुस्त बनाउन ४ सय प्रहरी परिचालन


८, असोज २०८१
  • 293
    SHARES
  • कांग्रेस सभापति देउवा वीरगन्जमा, सुरक्षा व्यवस्था चुस्त बनाउन ४ सय प्रहरी परिचालन

    वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार वीरगन्ज आइपुगेका छन् ।

    वीरगन्जमा करिब ३० घण्टा बस्न लागेका देउवाले औपचारिक दुई र अन्य अनौपचारिक भेटघाट गर्नेछन् ।

    पर्सा कांग्रेसका अनुसार औपचारिक कार्यक्रममा सभापति देउवाले मंगलबार पहिलो दिन आधारभूत अस्पतालको उद्घाटन गर्ने कार्यतालिका छ ।

    पर्साका कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित आधारभूत अस्पतालको समुद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

    उनका अनुसार त्यसपछि आज साँझ पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् । त्यसपछि बुधबार पार्टी सभापति देउवा महानगरको कार्यक्रम तथा भेटघाट कार्यक्रममा व्यस्त हुनेछन् ।

    यसबाहेक उनले वीरगन्ज महानगर वडा नम्बर २४ मा आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

    उक्त कार्यक्रम सकेपश्चात उनले प्रदेशका ८ वटै जिल्ला सभापति तथा उच्च तहका नेता÷कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रदेश कांग्रेस समितिले जानकारी दिएको छ ।

    देउवासँगै वीरगन्जमा कानुन मन्त्री अजय चौरसिया, पूर्व उद्योगमन्त्री रमेश रिजाल, नेता फरमुल्लाह मन्सुरलगायत पनि आएका छन् ।

    यसैबीच देउवा वीरगन्जमा आएपछि वीरगन्ज आसपासका सुरक्षा व्यवस्था कडा पारिएको छ । भिभिआइपी ‘मूभमेन्ट’का लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले सुरक्षा व्यवस्था कडा बनाएको छ । वीरगन्जसँगै कार्यक्रम स्थलसम्म भिभिआईपी सुरक्षाका लागि व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पूर्वप्रधानमन्त्री देउवाको सुरक्षालाई मध्यनजर गरेर करिब ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    पर्सा प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार नेपाल प्रहरीबाट मात्रै करिब २ सय प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरीबाट करिब २ सयको हाराहारीमा प्रहरी खटाइएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता देवेन्द्र सिंहले बताए ।

    पूर्वप्रधानमन्त्री देउवाको सुरक्षाका लागि सादा पोसाक, पैदल गस्ती, सूचना सङ्कलन टोली तथा मोबाइल गस्तीसहितको प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend