Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

१७ वर्ष मुनिको साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा


१०, असोज २०८१
  • 157
    SHARES
  • १७ वर्ष मुनिको साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाण्डौ – घरेलु टोली भुटानलाई हराउँदै नेपाल १७ वर्ष मुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । थिम्पुमा रहेको चङ्लिमिथाङ रङ्गशालामा हिजो भएको खेलमा नेपालले भुटानलाई २–१ ले हराएको हो ।

    नेपालको जीतमा कृष्ण बहादुर आले र सुजन डङ्गोलले गोल गरे । घरेलु टोली भुटानका योनतेन थारचेनले गोल गरेका थिए । यो नेपालको दोस्रो जीत हो । समूह चरणको तीन खेलमा दुई जीत र एक हारसहित नेपालले छ अङ्क बनायो । नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    एक खेल बराबरी र दुई जीतमा सात अङ्क बनाएको पाकिस्तान समूह विजेता बन्दै अन्तिम चारमा परेको हो । भुटानले एक जीत एक बराबरी र एक हारमा चार अङ्क जोड्दा तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ । समूहको सबैभन्दा कमजोर श्रीलङ्क तीन खेलमा हार बेहोर्दै अङ्क बिहिन बन्यो ।

    नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले हार्दा दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले हराउन सफल भएको थियो । अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ । भारत समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend