Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पोखरामा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु, ५ खेल सम्पन्न


१०, असोज २०८१
  • 145
    SHARES
  • पोखरामा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु, ५ खेल सम्पन्न

    पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ ।

    पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गुरुङले विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीहरुको सिकाईलाई अभिवृद्धि गर्नुका साथै आपसी सद्भावलाई वृद्धि गर्ने जनाएका थिए ।

    पोखरा पर्यटकीय क्षेत्र बन्नुमा खेलकुदले पनि विशेष भुमिका खेलेको छ, यस क्षेत्रलाई अझ ससक्त बनाउन खेलाडीहरुको मनोवल उच्च बनाउनुपर्दछ । हामीले खेलाडीहरुको भविष्यलाई सुरक्षित गर्न नसकेमा खेलकुदको विकास दिवा सपना जस्तो हुन्छ, गुरुङले भने ।

    त्यसैगरी प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले आफु पनि पूर्व राष्ट्रिय खेलाडी भएको हुँदा खेलकुदमा भएका समस्या, चुनौती र समाधानका विषयप्रति नजिकबाट नियालेको बताए । संरक्षक श्रेष्ठले खेलकुद क्षेत्र र खेलाडीहरु प्रति राज्यले आफ्नो दायित्व पूर्ण रुपमा निर्वाह गर्न सकेमा भविष्य खोज्न खेलाडीहरु विदेशिनु नपर्ने अवस्था आउने उल्लेख गरे ।

    त्यसैगरी अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा मगरले प्रतियोगिता र नियमको बारेमा जानकारी गराउदै सपथ लिएका थिए भने राष्ट्रिय खेलाडी सञ्जु विक्रम शाहले खेलाडीको तर्फबाट सपथ लिएका थिए । कार्यक्रम संयोजक मनोज खड्काले कार्यक्रम सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्दै प्रतियोगिताको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनबाट भएको जानकारी गराएका थिए ।

    अशोक थापाले सञ्चालन गरेको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो । पहिलो चरणका ५ खेलहरु सम्पन्न महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र र बागलुङ दोस्रो चरणमा पोखराको नदीपुरमा जारी क्लवस्तरीय भलिबल प्रतियोगितामा पहिलो चरणका ५ खेलहरु सम्पन्न भएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सोमबारदेखि शुरु प्रतियोगितामा पुरुषतर्फ ३ र महिलातर्फ २ खेलहरु सम्पन्न भएका हुन् ।

    महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखरा र भलिबल समूह बागलुङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखराले गीता जुम्बा पोखराको टोलीलाई २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगिताको अर्को खेलमा भलिबल समूह बागलुङले अनिल भलिबल गु्रप पर्वतलाई २८–२६, २५–१७ र २५–१८ को जीत दर्ता गर्‍यो । महिलातर्फको प्रतियोगिता नकआउट नियमका आधारमा खेलाइएको र पहिलो चरणका खेलहरु बेस्ट अफ थ्रि नियममा खेलाइएको आयोजकले जनाएको छ ।

    जारी प्रतियोगितामा पुरुषतर्फ बुधबार नेपाल युथ स्पोर्टस क्लव जापान, सशस्त्र प्रहरी बल एपीएफ पोखरा र गलकोट स्पोर्टसले जीत दर्ता गरेका छन् । सञ्जुविक्रम शाह, रेशम छन्त्याललगायतका खेलाडी सम्मिलित नेपाल युथ स्पोर्टस क्लव जापानले आयोजक पोखरा भलिबल प्रशिक्षण केन्द्र पोखरालाई २५–१५ र २५–१२ को सोझो सेटमा पराजित गर्‍यो ।

    पुरुषतर्फको दोस्रो खेलमा एपीएफ पोखराले अन्नपूर्ण गाउँपालिकाको टोलीलाई २५–१९ र २८–२६ ले पराजित गर्‍यो । लिगकम नकआउट नियमानुसार खेलाइएको पुरुषतर्फको खेलका पहिलो चरणहरु समेत बेस्ट अफ थ्रि नियमानुसार खेलाइएको थियो । प्रतियोगिताको अन्तिम खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले भलिबल टिम पर्वतलाई २३–२५, २५–२० र २५–१७ ले पराजित गर्‍यो । बिहीबार महिलातर्फका २ र पुरुषतर्फ ४ खेलहरु हुने आयोजकले जनाएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend