रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाले लामो दुरीमा यातायात सञ्चालन नगर्न आग्रह गरेको छ ।
रोल्पामा सञ्चालित यातायात प्रालिहरुलाई असोज ११ र १२ रात्रीकालिन यातायातका सवारी साधनहरु सञ्चालन नगर्न भनी जिल्ला प्रशासन कार्यालय रोल्पाले सूचना जारी गरेको हो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौंले असोज ११ र १२ गते रात्रीकालिन यातायातका सवारी साधनहरु संचालन नगर्न हुन भनी सूचना जारी गरेको हुँदा रोल्पाबाट छुट्ने लामो दुरीका रात्रीकालिन यातायातका साधनहरु २ दिनसम्म संचालन नगर्न भनेको हो ।
दिवा सेवामा संचालन हुने सवारी साधनहरुले साविकको समय भन्दा अगाडीको समयमा छुट्ने व्यवस्था मिलाउने र त्यस पछिका दिनहरुमा मौसमको अवस्था बुझी पहाडी क्षेत्र पर्ने भु-भाग उज्यालो हुँदै पार गर्ने गरी यातायातका सवारी साधनहरु छुट्ने व्यवस्था मिलाउन निमित्त प्रमुख जिल्ला अधिकारी पदम बहादुर डाँगीले आग्रह गरेका छन् ।