Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वर्षाका कारण स्थगित भलिबल आइतबारबाट सुरु, सेमिफाइनल सोमबार हुने


१४, असोज २०८१
  • 142
    SHARES
  • वर्षाका कारण स्थगित भलिबल आइतबारबाट सुरु, सेमिफाइनल सोमबार हुने

    पोखरा । अविरल वर्षाका कारण २ दिन स्थगित भलिबल प्रतियोगिता आइतबारबाट पुनः सुरु भएको छ ।

    पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता असोज ९ गते बुधबारदेखि सुरु भएको शुक्रबार र शनिबार वर्षाका कारण रोकिएको थियो ।

    पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।

    कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले हरेक नेपालीले मन पराउने लोकप्रिय खेल भलिबल भएपनि गण्डकी प्रदेशमा यसको क्रेज अरु प्रदेश भन्दा बढी भएको उल्लेख गरेका थिए ।

    उनले गण्डकी प्रदेशमा क्लब देखि लिएर अन्तराष्ट्रिय स्तरका खेलहरु हुँदै गरेको जानकारी गराउदै आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा लिएको जानकारी गराए ।

    त्यसैगरी उपाध्यक्ष गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल खेलबाट स्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रशिक्षण गराउँदै आइरहेको जानकारी पाउँदा खुसी भएको व्यक्त गरेका थिए ।

    आइतबार भएको खेलबाट सेमीफाइनलमा प्रवेश गरेका महिला र पुरुष तर्फका २/२ को खेल सोमबार विहान देखि नै हुने प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले बताए ।

    उनका अनुसार महिला तर्फ बिहान ८ बजे नदिपुर एसपी पोखरा र शान्ता भलिबल खेल हुनेछ भने १० बजे टिम बागलुङ र धादिङ स्पोट्र्स क्लब धादिङको प्रतियोगिता हुनेछ त्यसैगरी पुरुष तर्फ १२ वजे आँधिखोला दिल्ली र गल्कोट स्पोर्टस् क्लब बागलुङको हुनेछ भने दिनको २ बजे एपिएफ मालेपाटन र नेपाल युथ स्पोर्टस् जापान फाइनलको लागि भिड्ने जानकारी गराए । मंगलबार फाइनल खेल हुने छ ।

    प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । भने टाइगर क्लब अप पोखराका उपाध्यक्ष देवेन्द्र केसी, समाजसेवी देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

    अशोक थापाले सञ्चालन गरेको तेस्रो चरणको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्रका सन्चालक मनोज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।093A5798.JPG

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend