Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कर्मचारीको सरुवा गर्न शिक्षा मन्त्रालयले तय गर्‍यो ६ वटा सैद्धान्तिक आधार


१५, असोज २०८१
  • 195
    SHARES
  • कर्मचारीको सरुवा गर्न शिक्षा मन्त्रालयले तय गर्‍यो ६ वटा सैद्धान्तिक आधार

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि विभिन्न ६ वटा सैद्धान्तिक आधारहरू तय गरेको छ ।

    शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सो भन्दा मुनीका कर्मचारीको पदस्थापन तथा सरुवा एवम् काज खटाउने सम्बन्धी आधार तय गरेकी हुन् ।

    कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड २०८० बमोजिम गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै तल्लो पदमा पदाधिकार रही माथिल्लो पदको कुनै विशेष जिम्मेवारीमा रहेका बाहेक एउटा निकायमा सामान्यतया दुई वर्ष भन्दा बढी अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने तथा काजमा खटाउने भएको छ ।

    त्यस्तै अन्य निकायमा दरबन्दी रही शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा कामकाज तथा काजमा खटिएका कर्मचारीलाई सम्भव भएसम्म जिल्लास्तरका कार्यालयहरूमा वा अन्य मन्त्रालय तथा निकायमा कामकाज गर्न खटाउने समेत निर्णय गरिएको छ ।

    मन्त्रालय मातहतका निकायबाहेक अन्य निकायमा सरुवा तथा कामकाज गर्न खटाउन तथा त्यस्ता निकायहरूबाट शिक्षा मन्त्रालय अन्तर्गतका निकायमा सरुवा तथा काज सरुवा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिइनेछ ।

    त्यस्तै दुर्गम जिल्लामा कार्यरत रहेका एवम् अन्यत्र सरुवा भई जान निवेदन नदिएका वा त्यस्ता जिल्लामा सरुवा भई जान अन्य कर्मचारीको निवेदन नपरेको हकमा अवधि पुगेको भएतापनि सो जिल्लाबाट सामान्यतया सरुवा नगर्ने समेत निर्णय गरेको छ ।

    त्यस्तै अपाङ्गता भएका, गर्भवती, सुत्केरी महिला, दीर्घरोगी, अवकाश हुन एक वर्ष भन्दा कम अवधि भएका र परिवारका सदस्यहरू गम्भीर बिरामी अवस्थामा रहेका जस्ता विशेष परिस्थिति भएका कर्मचारीहरूको हकमा निजको सहजतालाई ख्याल गरी निर्णय गर्न सकिने मन्त्रालयले जनाएको छ । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend