Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले ओमानलाई ५६ रनले हरायो


१७, असोज २०८१
  • 160
    SHARES
  • त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले ओमानलाई ५६ रनले हरायो

    काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो ।

    नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए । नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

    नेपालको जीतमा कप्तान रोहित पौडेलले ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले । ओमानका फयाज बटले ३ विकेट लिए । नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हार्न पुगेको थियो ।

    नेपाल ४ खेलमा २ मा जीत र १ मा हारसहित ४ अङ्कका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जीत र १ मा हारसहित ४ अङ्कका साथ दोस्रो स्थानमा । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो । ओमान १ मा जीत र २ मा हारसहित २ अङ्कका साथ पुछारमा छ ।

    क्यानडामा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय श्रृङ्खलापछि घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच टी–२० श्रृङ्खला भएको हो । श्रृङ्खलाको अन्तिम खेलमा आज क्यानडा र ओमान खेल्नेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend