Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारको ध्यानाकर्षण


१७, असोज २०८१
  • 267
    SHARES
  • मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारको ध्यानाकर्षण

    काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    बुधबार उक्त विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरू बरालले विज्ञप्ति जारी गर्दै जनतामा पीडा भएको बेला सेवाप्रदायक निकायले थप सरल सेवा प्रवाह गर्नुपर्नेमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाएका हुन् । देशमा आएको बाढी पहिरोले नेपाली जनता अत्यन्त पीडामा छन् ।

    यस्तो विषम परिस्थितिमा जनजीवन सहज बनाउनु र जनतालाई राहत दिनको सट्टा निजी क्षेत्रको वायु सेवा कम्पनीहरुले साबिकको मूल्य भन्दा दोब्बर-तेब्बर भाडा लिएर दुःख दिने काम भएकोमा विभागको ध्यानाकर्षण भएको छ, बरालले विज्ञप्तिमार्फत भनेका छन्, नागरिकको जीवन सहज बनाउन र सुशासनको अनुभूति गराउने काम सरकारको हो । यस्तो अवस्थामा सरकारी निकायहरू थप जिम्मेवाररुपमा प्रस्तुत हुन आवश्यक छ ।

    उनले गृह प्रशासन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सम्बद्ध सबै निकायको त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend