Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महिला टी–२० विश्वकपमा बङ्गलादेश र पाकिस्तान विजयी


१८, असोज २०८१
  • 134
    SHARES
  • महिला टी–२० विश्वकपमा बङ्गलादेश र पाकिस्तान विजयी

    काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेश र पाकिस्तानले विजयी शुरुआत गरेका छन् ।

    हिजो भएको समूह 'बी' को उद्घाटन खेलमा बङ्गलादेशले स्कटल्यान्डलाई १६ रनले हरायो । बङ्गलादेशले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि सारा ब्रेसले सबैभन्दा धेरै ४९ रन बनाइन् । बङ्गलादेशकी रितु मोनीले २ विकेट लिइन् ।

    यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनायो । बङ्गलादेशका लागिसोभना मोस्तारीले ३६ रन बनाइन् । स्कटल्याडकी सस्किया होर्लीले ३ विकेट लिइन् ।

    यस्तै गएराति भएको समूह 'ए' को खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३१ रनले हरायो । पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ९ विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । श्रीलङ्काका लागि निलकशिखा सिल्भाले सबैभन्दा धेरै २२ रन बनाइन् । पाकिस्तानकी सादिया इकबालले ३ विकेट लिइन् ।

    यसअघि शारहाजमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा १ सय १६ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका लागि फतिमा सनाले ३० रन बनाइन् । श्रीलङ्काकी उदेशिखा प्रबोधानी र सुगन्दिका कुमारीले समान ३ विकेट लिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend