Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी २० महिला विश्वकपमा भारत र वेस्ट इन्डिज विजयी


२१, असोज २०८१
  • 212
    SHARES
  • टी २० महिला विश्वकपमा भारत र वेस्ट इन्डिज विजयी

    काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्यपछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो ।

    भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । पाकिस्तानकी फातिमा सानाले २ विकेट लिइन् । यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । पाकिस्तानकी निदा दारले २८ रन बनाइन् । भारतका लागि अरुन्धती रेड्डीले ३ विकेट लिईन् ।

    यस्तै हिजो भएको दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको १ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले  ११ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

    वेस्ट इन्डिजकी क्वीना जोशेफले सर्वार्धिक ३१ रन बनाउँदा स्कटल्याण्डकी अफि फ्लेचरले ३ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । उसका लागि अइल्सा लिइष्टरले २६ रन बनाइन् । वेस्ट इन्डिजकी ओलिभिया बेलले २ विकेट लिइन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend