रुद्रमणि भुसाल, अर्घाखाँची । उद्योग बाणिज्य उपभोक्ताको हित संरक्षण रुपन्देहीले अर्घाखाँचीमा गरेको बजार अनुगमनमा चाउमिन बनाउने मैदा र मिक्सदाल गरि १ लाख ६० हजार मुल्यको म्याद गुज्रिएका अखाद्य समान जफत गरि नष्ट गरेको छ ।
सन्धिर्खक र चुत्राबेशीमा रहेका ८ ओटा उद्योगमा गरेको अनुगमनमा गाहा चाउमिन बेकारिज उद्योग र लिजा स्टोरबाट म्याद गुज्रिएको मैदाको ३३ बोरा आटा ४ बोरा मिक्सदाल जफत गरि जिल्ला प्रशासन कार्यालय, घरेलु उद्योग , सन्धिर्खक नगरपालिका, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतको उपस्थितिमा नष्ट गरिएको उपभोक्ता हित संरक्षण रुपन्देहीका निरिक्षक अधिकृत इश्वरचन्द्र अर्याले बताउनुभयो ।
संयुक्त अनुगमन टोलीले दशैलक्षित बजार अनुगमनलाई तिब्र पारेको छ ।