Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सिद्धार्थनगरद्धारा ब्यवसायी लक्षित घुम्ति शिविर सुरु


४, कात्तिक २०८१
  • 162
    SHARES
  • सिद्धार्थनगरद्धारा ब्यवसायी लक्षित घुम्ति शिविर सुरु

    भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उद्योगी ब्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले घुम्ति शिविर सुरु गरेको छ ।

    नगर क्षेत्रभित्र रहेका उद्योग एवंम व्यवसाय फर्मको दर्ता, व्यवसायीकरण, नवीकरण सम्बन्धी सबै सेवा वडा, टोलबाट प्रदान गर्ने गरी सिविर सचांलनमा ल्याईएको नगरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए ।

    उनका अनुसार आईतबारबाट सुरु गरिएको यो शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सचांलन हुने छ । शिविर सबै वडास्तरमा सचांलन गरिने छ ।

    शिविरको आईतवार वडा नं ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सचांलन भैरहेका वा लामो समय देखि नविकरण नगरेका व्यवसायिलाई घुम्ति शिविर मार्फत लाभ लिन आग्रह गरे ।

    उनले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर वक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्त सम्मको लागि लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमा नै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गरे ।

    शिविर कार्तिक ४ देखी ६ गतेसम्म वडा नं ७, ७ देखी ९ सम्म वडा नं ९, ११ देखी १२ सम्म वडा नं २, २७ देखी २९ सम्म वडा नं ८ मा सचांलन हुुने छ । त्यस्तै मसिंर २ गते देखी ४ सम्म वडा ६, ५ देखी ७ सम्म वडा नं १२, ९ देखी ११ सम्म वडा नं ५ र १३ तथा मसिंर १२ मा वडा नं ११ मा सचांलन हुने छ ।

    त्यस्तै मंसिर १३ मा वडा नं १०, १४ र १६ मा वडा नं ४, १७, १९ र २० मा वडा नं ३ मा सचांलन हुने छ । मंसिर २१, २३ र २४ मा वडा नं १ मा शिविर सचांलन हुने छ ।

    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले सिद्धार्थनगरको १६औं नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम बमोजिम आर्थिक बर्ष २०८१/०८२ लाई कर सहभागिता बर्ष घोषणा गरिएको र यसलाई प्रभावकारी बनाउन शिविर सचांलन गरिएको बताए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend