गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानबाट भारी परिमाणमा संकलन (बरामद) गरेको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार रेसुंगा नगरपालिका क्षेत्रभित्रका बिभिन्न स्थानबाट खोजतलासका क्रममा बरामद गरेको अबैध रुपमा राखिएका घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ संकलन (बरामद) गरि नष्ट गरिएको हो ।
चाडपर्वको समयमा अबैध रुपमा उत्पादन गरी बिक्रि–वितरणका लागि तयार गरिएको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी स्थानीय जनप्रतिनिधि,प्रहरी र संचारकर्मीको रोहबरमा रेसुंगा नगरपालिका वडा नम्बर –७ स्थित डम्पिङ साइड (फोहरमैला ब्यबस्थापन) केन्द्रमा लगि नष्ट गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक केसीका अनुसार रेसुंगा नगरपालिका अन्तर्गत विभिन्न स्थानबाट तयारी अवस्थामा राखिएको १ सय ६२ लिटर घरेलु मदिरा,घरेलु मदिरा बनाउन प्रयोग हुने ६ केजी मर्चा र घरेलु मदिरा बनाउन प्रयोग हुने ६ सय ५५ लिटर कच्चा पदार्थ बरामद गरिएको थियो ।