रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा क्रीकेट प्रतियोगिता हुने भएको छ ।
परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक ९ गतेदेखि ११ गतेसम्म हिन्दुहरु महान चाड वडा दशै तथा शुभ दिपावली उपलक्ष्यमा परिवर्तन गाउँपालिका शुभकामना क्रीकेट कप,रोल्पा जिल्ला अन्तर पालिका स्तरीय प्रतियोगिता-२०८१ राखिएको हो ।
प्रतियोगिता शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ धामाचौरमा हुने बताइएको छ । क्रीकेट प्रतियोगिताको विजेता पुरस्कार नगद ५५ हजार ५ सय ५५ रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।
उपविजेता पुरस्कार नगद ३३ हजार ३ सय ३३ रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ । सेमिफाइनल लिष्ट २ टिमलाई नगद ११ हजार १ सय ११ रुपियाँ सहित मेडल र प्रमाणपत्र रहेको छ ।
सर्बोउत्कृष्ट खेलाडी पुरस्कार नगद २ हजार २ सय २२ रुपियाँ सहित कप,मेडल र प्रमाणपत्र रहेको छ । म्यान अफ ड म्याच फाइनल नगद ५ सय ५५ रुपियाँ सहित मेडल र प्रमाणपत्र रहेको छ ।
सर्वोत्कृष्ट बलर,सर्वोत्कृष्ट किपर,सर्वोत्कृष्ट व्याट्सम्यान र सर्वोत्कृष्ट फिल्डर कप र प्रमाणपत्र रहेको छ । परिवर्तन गाउँपालिकामा पहिलोपटक ठूलो धन राशिको क्रीकेट प्रतियोगिता आयोजना गर्न पुगेको परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए ।
हामीले रोल्पा जिल्ला भित्र रहेका पालिकाहरुलाई मध्येनजर गर्दै परिवर्तन गाउँपालिकामा अन्तर पालिका स्तरीय क्रीकेट प्रतियोगिता आयोजना गरेका हौं-अध्यक्ष बुढा मगरले भने ।
फेरि थप्दै भने," मलाई लाग्छ रोल्पा जिल्लाको सन्दर्भमा पालिका स्तरमा ठूलो राशीको क्रीकेट प्रतियोगिता आयोजना गर्नेमा परिवर्तन गाउँपालिका हो जस्तो लाग्छ"-उनले भने ।
क्रीकेट प्रतियोगिताले जिल्ला भित्रको क्रीकेट खेलाडीहरुलाई परिवर्तन गाउँपालिकामा आउने अवसर प्रदान गर्ने र थप परिवर्तन गाउँपालिकामा क्रीकेट खेलको विकास हुनेछ भन्ने मैले विश्वास लिएको छु-उनले भने ।