काठमाडौं । आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तरगतको सातौँ श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।
श्रृङ्खला अन्तर्गत आज पहिलो खेलमा अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ ।
एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन् । प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ । नेपाल र अमेरिकाबीचको खेल पनि राति ९ः१५ बजेबाट नै सुरु हुनेछ ।
त्यस्तै नेपालले आगामी बिहीबार स्कटल्यान्डसँग खेल्ने छ भने नोभेम्बर २ मा अमेरिका र नेपालबीच खेल हुनेछ । नोभेम्बर ४ मा नेपालले फेरि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।