काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० जना सदस्य मनोनित गरेका छन् ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्य प्रमुख रहेको विभागमा सदस्यहरु मनोनित गरेका हुन ।
मनोनित हुनेहरुमा रवि सिंह, आङदोर्जे शेर्पा, गोममाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रसाद मल्ल, टेकबहादुर खड्का, यमबहादुर बिसी, प्रकाशबहादुर सेठ्ठी रहेका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।