काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उर्जा तथा जलस्रोत विभागमा १० सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभागमा सदस्यहरु मनोनयन गरेका हुन ।
मनोनयन हुनेहरुमा जगदीशबहादुर पाल, विनोद देवकोटा, लव ढुंगाना, गोरखबहादुर के.सी., टीएल रिजाल, धर्मनारायण शाह, प्रमोद दवाडी, विकास अधिकारी, पुष्पा शेरचन र तिलविक्रम चेम्जोङ रहेका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।