Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

महायज्ञ अवधिभर तम्घासदेखि चौतारा गौशालासम्म नियमित गाडी छुट्ने


९, कात्तिक २०८१
  • 198
    SHARES
  • महायज्ञ अवधिभर तम्घासदेखि चौतारा गौशालासम्म नियमित गाडी छुट्ने

    गुल्मी । गुल्मीको ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुंगा चौतारामा अवस्थित गौशालमा आजदेखि संचालन भएको ‘गोकथा श्रीमदभागवत कथा प्रवचन महायज्ञमा जानका लागि तम्घासदेखि दैनिक यातयात संचालन गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय तम्घासमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको यातायात व्यवसायीहरु, रेसुंगा संरक्षण समितिका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलले महायज्ञ अवधिभर तम्घास देखि प्रत्येक दिन यातयात सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    महायज्ञ अवधिभर यहाँ रहेका पश्चिम नेपाल बस व्यवसायी समिति प्रा.लि., गुल्मी यातयात प्रा.लि., रुरु रेसुंगा यातयात प्रा.लि., रेसुंगा यातयात प्रा.लि., मैत्री यातयात प्रा.लि र आगन यातयात प्रा.लि.ले आवश्यकता अनुसार रेसुंगा चौतारामा अवस्थित गौशालाका लागि तम्घासदेखि यातयात सञ्चालन गर्ने निर्णय भएको जानकारी महायज्ञ आयोजक समितिका संयोजक सुरेशचन्द्र भुसालले दिनुभयो ।

    गौशालाका लागि तम्घासको खानीगाउँ चौराहदेखि सवारी साधन छुट्ने र एकतर्फी भाडादर रु.एक सय निर्धारण गरिएको रेसुंगा संरक्षगण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो । आज शुक्रबार देखि सुरु हुने महायज्ञको पूर्व सन्धायामा बिहिबार जिल्ला सदरमुकाम तम्घासमा रेसुंगा संरक्षण समितिको कार्यालय शहिदचोकदेखि तम्घास बजार परिक्रमा गर्दै शोभा यात्रा गरिएको थियो ।

    हजारौंको उपस्थिति रहेको शोभा यात्रामा चेतनशिल आमा समुह, जय नेपाल महिला उत्थान बहुउद्देश्य सहकारी संस्था, शिवालय महिला समुह, भिन्तुना बहुउद्देश्य सहकारी संस्था, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, राधा माधव समिति, अमरकल्याण महिला विकास बहुउद्देश्य सहकारी संस्था, रेसुंगा आमा समुह लगायतका दजनौं संघसंस्था,जनप्रतिनिधि, विद्यार्थी, राजनैतिक दलका नेता लगायत सर्वसाधरणहरुको उपस्थिति रहेको शोभायात्रा महायज्ञस्थल चौतारा गौशालामा पुगेर समापन गरिएको थियो ।

    शोभायात्रा समापन कार्यक्रममा गौशालामा नवनिर्मित राधाकृष्ण मन्दिरको श्री १००८ शन्तानन्द सरस्वती महराज, गुरु चन्द्रमणि पौड्याल (गणपति) र विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । मन्दिर उदघाटनको अवसरमा शुभकामना मन्तव्य दिँदै लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले‘गोकथा,श्रीमद्भागवत पाठपारायण कथा प्रवचत ज्ञानमहायज्ञको सफलताको शुभकाकाना दिदै महायज्ञलाई हरतरहले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    २०४२ साल देखि व्यवस्थित रुपमा गौशाला स्थापना गरि हाल सम्म हजारौं गाईहरुको समुदायले संरक्षण गर्दै आए पनि राज्यले भने  वास्तै नगरेको रेसुङ्गा संरक्षण समितिको गुनासो छ । २०४२ साल देखि व्यवस्थित रुपमा गौशाला स्थापना गरि हालसम्म हजारौं गाईहरुको समुदायले संरक्षण गर्दै आएको रेसुङ्गा गौशालामा अहिले १ सय ५० भन्दा बढि गाईहरु संरक्षण गरिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend