भैरहवा । सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिका रुपन्देहीबिच शुक्रवार भैरहवामा सम्पन्न अन्तरपालिका मैंत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सिद्धार्थनगर विजयी भएको छ ।
पक्लीहवा कृषि क्याम्पसको खेल मैदानमा भएका दुुई खेलमा दुवै खेल जित्दै सिद्धार्थनगर बिजयी भएको हो ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा टस जितेर मायादेवीले ब्याटिङ गरेको थियो । १६ ओभरको निर्धारित खेलमा मायादेवी ५ दशमलव ४ ओभरमा २४ रन बनाई अल आउट भएको थियो ।
झीन लक्ष्य पाएको सिद्धार्थनगरले चार दशमलव १ ओभरमा १ बिकेटको क्षतीमा लक्ष्य पुरा गर्दै ९ बिकेटले पहिलो खेल जितेको थियो । सिद्धार्थनगरका लागि अमित धोवीले ६ र रामकुमारले ४ बिकेट लिएका थिए ।
त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको सिद्धार्थनगरले १२ ओभरमा ४ बिकेट गुुमाउदै एक सय चार रन बनाएको थियो ।
जितका लागी विशाल लक्ष्य पछ्याएको मायादेवी दश ओभरमा अल आउट हुदै ४९ रनमा समेटिएसगै सिद्धार्थनगर ५५ रनले बिजयी भयो ।
मायादेवीका कुनै पनि खेलाडीले दोहोरो अकं बनाउन सकेन्न । सिद्धार्थनगरको लागी रामकुमारले सर्वाधिक ४६ र अधिस ढकाले ३८ रन बनाएका थिए ।