Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकप लिग- २ : नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने


११, कात्तिक २०८१
  • 150
    SHARES
  • विश्वकप लिग- २ : नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ ।

    खेल राति सवा ९ बजे शुरु हुने छ । नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो । लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ ।

    नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । नेपालले दुवै टोलीसँग दुई/दुई खेल खेल्ने छ । नेपाल आईसीसी विश्वकप लिग-२ को अङ्कतालिकामा सातौँ स्थानमा छ ।

    नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ । एउटा खेल वर्षाका कारण हुन सकेको थिएन ।

    अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ । स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा छ ।

    आईसीसी विश्वकप लिग-२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित छन् ।  

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend