रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक ९ गतेदेखि ११ गतेसम्म गाउँपालिकामा शुभकामना क्रिकेट कप,रोल्पा जिल्ला अन्तर पालिका स्तरीय प्रतियोगिता-२०८१ राखिएको हो ।
प्रतियोगिता आइतबार शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ धामाचौरमा एक औपचारिक कार्यक्रमकाबीच सम्पन्न गरिएको छ ।
परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव ललित कुमार बुढा मगरको अध्यक्षतामा समापन भएको कार्यक्रमको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो भने परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेशका सचिव दिपक श्रेष्ठ, रोल्पा जिल्ला क्रीकेट संघका अध्यक्ष ओम केसी,ईलाका प्रहरी कार्यालय ओबाङ्का प्रहरी सहायक निरीक्षक ओमभक्त केसी,अस्थाई प्रहरी पोष्ट पुतलाचौरका हल्वदार सुरेन्द्र घर्ती मगर,राष्ट्रिय रेफ्रीहरु सन्देश केसी,सनि कार्की र सुरेन्द्र विष्ट लगायतको आतिथ्यता रहेको थियो ।
क्रिकेट प्रतियोगिताको विजेता परिवर्तन गाउँपालिका आयोजक ए भएको छ । पुरस्कार नगद ५५ हजार ५ सय ५५ रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रोल्पा नगरपालिका भएको छ । पुरस्कार नगद ३३ हजार ३ सय ३३ रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सेमिफाइनल लिष्ट २ टिम माडी गाउँपालिका र परिवर्तन गाउँपालिका आयोजक बि भएको छ । नगद ११ हजार १ सय ११ रुपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सर्बोउत्कृष्ट खेलाडी अजय पुन मगर परिवर्तन गाउँपालिका क्रीकेट क्याप्टेन भएका छन् । पुरस्कार नगद २ हजार २ सय २२ रुपियाँ सहित कप,मेडल र प्रमाणपत्र गरेका छन ।
म्यान अफ द म्याच (फाइनल) मनिष विष्ट रोल्पा नगरपालिकाका हुन सफल भएका छन् । नगद ५ सय ५५ रुपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बलर मनिष बिष्ट भएका छन कप र प्रमाणपत्र प्राप्त गरेका छन ।
व्याट्सम्यान निशान श्रेष्ठ रोल्पा नगरपालिका भएका छन भने कप र प्रमाणपत्र प्राप्त गरेका छन र बेस्ट फिल्डर विक्रम परियार माडी गाउँपालिका भएका छन् कप र प्रमाणपत्र प्राप्त गरेका छन । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य श्याम शाही ठकुरीले गरेका थिए ।


