Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वविद्यालयमा हुने तालाबन्दीबारे अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्दै शिक्षा मन्त्रालय


११, कात्तिक २०८१
  • 173
    SHARES
  • विश्वविद्यालयमा हुने तालाबन्दीबारे अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्दै शिक्षा मन्त्रालय

    काठमाडौँ । विश्वविद्यालयमा हुने तालाबन्दीबारे अध्ययन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

    बारम्बार विश्वविद्यालयहरूमा तालाबन्दी गर्ने गरिएको भन्दै त्यस विषयमा अध्ययन गर्नका लागि मन्त्रालयले उच्चस्तरीय आयोग गठन गर्न लागेको हो ।

    शिक्षामन्त्री विद्या भट्टराईले लामो समयदेखिको तालाबन्दीको अभ्यास रहेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्ने बताइन् । त्यसका लागि उच्चस्तरीय आयोग गठन गरेर त्यसले अध्ययन गर्ने उनको भनाई छ ।

    हाल कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र संस्कृति विश्वविद्यालयमा तालाबन्दी छ । लामो समयदेखिको तालाबन्दी खुल्न सकेको छैन ।

    ‘लगातार तालाबन्दी भएकाले त्यसलाई अन्त्यका लागि हामीले एउटा उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेर मन्त्रालयले काम सुरु गरेको छ । त्यो आयोगको अध्ययनपछि विश्वविद्यालयमा भएको हस्तक्षेपलाई कसरी रोक्न सक्छौँ भने एउटा मापदण्ड बनाउँछौँ । त्यही अनुसार विश्वविद्यालयलाई समेत निर्देशन गर्छौ,’ मन्त्री भट्टराईले भनिन् ।

    विश्वविद्यालय केही व्यक्तिहरूबाट असुरक्षित रहेको बताउँदै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । विश्वविद्यालयमा राजनीतिक दल वा सङ्गठनभन्दा पनि केही व्यक्तिहरूबाट असुरक्षित रहेको उनको भनाइ छ ।

    ‘त्यहाँका विद्यार्थी गठन सङ्गठन, राजनीतिक दलभन्दा पनि बाहिरको केही समूहबाट असुरक्षित छ । विश्वविद्यालयलाई धम्क्याउने, काम गर्न नदिने, त्यसैको लागि त्यही बसिराख्ने गरेको देखिन्छ । त्यो अन्त्यका लागि हस्तक्षेप नै गर्नुपर्छ । जब त्यस्तो स्थिति आउँदा हस्तक्षेप नै गर्नुपर्छ,’ उनले भनिन् । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend