Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई


२५, कात्तिक २०८१
  • 147
    SHARES
  • अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई

    बुटवल । बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ ।

    फाइनल खेलमा ग्लोबलले एनएमबि बैङ्कलाई ६–० को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । २९ टिमबिच भएको तीन दिने प्रतियोगितामा आज क्वाटर, सेमी र फाइनल खेल भएको थियो ।

    उपाधि विजेता ग्लोबल आइएमईले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउँदा उपविजेता बनेको एनएमबिले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्‍यो ।

    उपाधि विजेता, उपविजेता तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैङ्क कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

    यस्तै, प्रतियोगितामा ग्लोबल आइएमई बैङ्कका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैङ्ककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल हुनुभयो ।

    यस्तै, सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैङ्कका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैङ्कका दुर्गा ओली बन्न सफल हुनुभयो ।

    सो खेलको २१ गते लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्घाटन गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।

    प्रतियोगिताको मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक, सहप्रायोजकमा ग्लोबल आइएमई बैङ्क तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend