Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्वावलम्बन महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा कमला मरासिनी निर्वाचित


२५, कात्तिक २०८१
  • 256
    SHARES
  • स्वावलम्बन महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा कमला मरासिनी निर्वाचित

    गुल्मी । गुल्मी जिल्लाका महिलाहरुद्वारा सञ्चालित स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका–१ तम्घास गुल्मीको अध्यक्षमा कमला मरासिनी निर्वाचित हुनुभएको छ ।

    सदरमुकाम तम्घासस्थित बालमन्दिरमा सम्पन्न भएको त्यस सहकारीको ३२ औं साधारण सभा तथा १० औं अधिवेशनले आगामी तीन वर्षका लागि मरासिनी अध्यक्षमा निर्वाचित गरेको हो ।

    समितिको उपाध्यक्षमा राधा पाण्डेय,सचिवमा मञ्जु ज्ञवाली मरासिनी, कोषाध्यक्षमा पार्वता खनाल पन्थी निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा तुल्सी न्यौपाने, इन्द्रकुमारी पाण्डे, सरला पन्थी, मैना खत्री र गीता राना घर्ती मगर निर्वाचित हुनुभएको छ ।

    लेखा सुपरीवेक्षण समिती संयोजकमा हिरा बस्नेत केसी, सदस्यहरुमा सरस्वती पोखरले मरासिनी, गीता बस्नेत निर्वाचित हुनुभएको निर्वाचन सदस्य कल्पना बस्नेतले जानकारी दिनुभयो ।

    ३१ वर्ष अगाडी स्थापित स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भव्यताका साथ वार्षिक साधरण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

    सदरमुकाम तम्घासस्थित बालमन्दिरमा रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरले वार्षिक साधरण सभा तथा अधिवेशनको पानसमा दिप प्रज्वलन गरी उदघाटन गर्नुभयो थियो ।

    कार्यक्रममा सचिव, कोषाध्यक्ष,लेखा संयोजकको प्रतिवेदन, बालछात्रछात्रालाई छात्रवृत्ति वितरण, उत्कृष्ट जिपिए लिएर सामुदायिक र संस्थगत विद्यालयतर्फ एसईई र प्लस–टु मा उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरी सम्मान तथा उत्कृष्ट सदस्य र उद्यमी सम्मान कार्यक्रम गरिएको थियो ।

    कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष सोमनाथ सापकोटा, बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्यामलाल कुँवर, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष चनक बहादुर कुँवर, गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामप्रसाद पन्थी, चन्द्रमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष मित्रबहादुर थापा, गुल्मी मोडेल अस्पतालका प्रशासन प्रमुख सरोज काउछा, लगायत विभिन्न सहकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता तथा आतिथ्यता रहेको थियो ।

    ३१ वर्ष अगाडी स्थापित त्यस सहकारी संस्थामा हाल शेयर सदस्य १ हजार १ सय ८३ र नाबालक ४ सय ३८ जना गरी १ हजार ६ सय २४ जना सदस्य रहेका छन । कोषाध्यक्ष पार्वती खनाल पन्थीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम आय–व्यय प्रस्तुत गर्दै त्यस सहकारीको शेयर पूँजी १ करोड ३० लाख ३८ हजार ५ सय रहेको बताउनुभयो ।

    सहकारीमा आवद्ध शेयर सदस्यहरुमध्येबाट ७० वर्ष उमेर पुगेका वृद्ध शेयर सदस्यहरुलाई वृद्धाभत्ता, शेयर सदस्यहरुको श्रीमानको मृत्यु भएमा संस्थाले सहयोग स्वरुप रु।तीन हजार प्रदान गर्ने गरेको, दैवि प्रकोप कोष स्थापना गरि सहयोग गरिएको, छात्रवृत्ति, सुत्केरी भत्ता वितरण गर्ने तथा सदस्य सुरक्षा कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ ।

    सहकारीले आठ प्रकारको बचत संकलन गर्दै आइरहेको बताउनुभयो । संयोजक सरला पन्थीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    शेयर सदस्यका छोराछोरीहरुमध्ये ६ कक्षामा अध्ययनरत स्मृति पाण्डे, सात कक्षामा अध्ययनरत विशाल रायमाझी, ६ कक्षामा अध्ययनरत विद्या विक र ६ कक्षामा अध्ययनरत सुवार परियारलाई बाल सदस्य छात्रछात्रावृत्ति पुरस्कार वितरण गरिएको थियो ।

    एसईई परीक्षामा संस्थागत विद्यालयतर्फ उत्कृष्ट जिपिए ल्याउने प्रज्वल खत्री, सामुदायिक विद्यालयतर्फ एसईईमा ३.९५ जिपिए लिएर उत्तीर्ण हुने रेसुंगा नगरपालिका–८ निवासी अनिशा विश्वकर्मा, यस्तै कक्षा १२ को परीक्षमा संस्थागत विद्यालयतर्फ ३.९१ जिपिए प्राप्त गरी उत्तीर्ण हुने रेसुंगा नगरपालिका १ निवासी बिल्सना पाण्डे र सामुदायिक विद्यालयबाट ३.६७ जिपिए लिएर उत्तीर्ण हुने सुवेक्षा पन्थीलाई सहकारीले सम्मान गरेको छ ।

    यस्तै उत्कृष्ट कृषि उद्यमीतर्फ रेसुंगा नगरपालिका १२ स्थित कमला थापा, रेसुंगा नगरपालिका –२ स्थित मिना कुँवर, उत्कृष्ट पशु तथा पंक्षि (कुखुरा पालन) तर्फ रेसुंगा नगरपालिका ८ स्थित सीता श्रीस् र उत्कृष्ट उद्यमीतर्फ रेसुंगा नगरपालिका –९ स्थित शारदा थापा सम्मानित हुनुभएको छ ।

    वृद्धा सम्मानतर्फ रेसुंगा नगरपालिका –८ स्थित रूपकला घर्ती मगर सम्मानित हुनुभएको व्यवस्थापक सरस्वती थापाले जानकारी दिनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend