Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा स्वास्थ्यकर्मीहरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम सुरु


२७, कात्तिक २०८१
  • 154
    SHARES
  • बुटवलमा स्वास्थ्यकर्मीहरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम सुरु

    बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिकामा "पोषण मार्फत जीवन रुपान्तरण "परियोजना अन्तर्गत स्वास्थ्यकर्मीरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम आजदेखि सुरु भएको छ ।

    तालिमको मंगलबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले शभारम्भ गरेका हुन् ।

    साे अवसरमा नगर प्रमुख पाण्डेले बालबालिकाहरुलाई कुपोषण हुन नदिन र भइहाले उपचार गरी निकाे बनाउने काम गर्दै आएको भन्दै एक कुपोषीत बच्चाको उपचार गरे एउटा यज्ञ गरे बराबर पुण्य मिल्ने धारणा राखे ।

    बुटवललाई स्वास्थ्य र शिक्षाको हवकाे रूपमा विकास गर्न उपमहानगरपालिकाले बिभिन्न किसिमका कार्य गर्दै आएको भन्दै उनलेे साे अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।

    तालिमको उदेश्य बारे प्रकाश पार्दै बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बालबालिकालाई कुपोषण हुनबाट जाेगाउन र भएका बालबालिकाकाे उचित उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूका लागि पुनर्ताजगी तालिम आयोजना गरिएको जानकारी गराए ।

    यस किसिमको तालिम बुटवलका सबै स्वास्थ्य स्वयंसेविकाहरूलाई दिने योजना रहेको उनको भनाइ थियो ।

    तालिम उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल,जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तनमणी ज्ञवाली,बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल.स्वास्थ्य कार्यालय रूपन्देहीका पाेषण फाेकल पर्सन टीकाराम अधिकारी,सेतो गुराँस वालविकास सेवा रुपन्देहीका कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठलगायतले बालबालिकालाई पाेषणकाे आवश्यकता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

    सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । तालिममा बालबालिकाहरुको कुपोषणको अवस्था तथा हटाउने बारे प्रशिक्षण दिइएको थियोे ।

    बुटवल उपमहानगरपालिकामा कार्यरत सामुदायिक परिचालकहरु रीता भट्टराई र शोभा ज्ञवालीलगायत ४० बढी स्वास्थ्यकर्मीहरूकाे सहभागिता रहेकोे तालिममा रहेको सेतो गुराँस बालविकास सेवा रुपन्देहीका निर्देशक सुमित्रा शर्माले जानकारी दिइन् ।

    भाेली बुधबारसम्म सञ्चालन हुने तालिम उद्घाटन कार्यक्रम बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मीन प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend