Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कार दुर्घटनामा घाइते भएका इक्वेडरका २२ वर्षीय फुटबलर मार्कोको निधन


२८, कात्तिक २०८१
  • 141
    SHARES
  • कार दुर्घटनामा घाइते भएका इक्वेडरका २२ वर्षीय फुटबलर मार्कोको निधन

    काठमाडौँ । कार दुर्घटनामा परी घाइते भएका इक्वेडरका राष्ट्रिय फुटबल टोलीका सदस्य मार्को एन्गुलोको निधन भएको छ ।

    २२ वर्षीय फुटबलर मार्कोको उपचारका क्रममा निधन भएको एलडीयू क्विटो क्लबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गएको अक्टोबर ७ मा कार दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए ।

    मार्कोको निधनप्रति इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै उनी उत्कृष्ट खेलाडी मात्र नभएर उत्कृष्ट साथी पनि रहेका बताएको छ ।

    सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मार्कोले तीन वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस्तै उनले एलडीयू क्विटो क्लबबाट १६ वटा खेल खेलेका छन् ।

    रिपोर्टका अनुसार कार दुर्घटनामा इन्डिपेन्डिएन्ट डेल भ्याले क्लबका फुटबलर रोबार्टो बाजेजास र मार्कोका साथी भिक्टर कार्कोपाको पनि निधन भएको छ । त्यति बेला कारमा अन्य दुई जना रहे पनि उनीहरूको अवस्थाबारे थाहा नभएको खबरमा उल्लेख छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend