Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नारायणगढ–बुटवल सडक खण्डको काम चाँडो सक्न ३ जिल्लाका जनप्रतिनिधिले दबाब दिने


२८, कात्तिक २०८१
  • 138
    SHARES
  • नारायणगढ–बुटवल सडक खण्डको काम चाँडो सक्न ३ जिल्लाका जनप्रतिनिधिले दबाब दिने

    काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्डको विस्तारमा ढिलाइ भएपछि पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देहीका जनप्रतिनिधिले संयुक्त रूपमा दबाब सिर्जना गर्ने भएका छन् ।

    बर्दघाट नगरपालिकामा सम्पन्न जनप्रतिनिधिहरूको भेलाले तीन वटै जिल्लाका जनप्रतिनिधिबाट संयुक्त रूपमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने सहित दबाबका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले ठेकेदारले आर्थिक अभावका कारण भन्दै काम गर्न ढिलाइ गरेको बताउनुभएको जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले जानकारी दिनुभयो ।

    ठेकेदारलाई ठेक्का तोड्नु अगाडिको प्रक्रियागत रूपमा दिनुपर्ने अन्तिम चेतावनी स्वरूप एनटीसी जारी भइसकेको बताउँदै मिश्रले यो समय अवधिभित्र तोके अनुरूप काम नभए ठेक्का तोड्नुपर्ने बताउनुभयो ।

    बुटवल–नारायणगढ सडक खण्डको अहिलेसम्म ५४ प्रतिशत मात्र काम भएको छ । दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर दाउन्ने खण्ड अहिले सबैभन्दा जोखिमपूर्ण सडक बनेको छ । त्यहाँ दुईदेखि तीन फिटसम्म खाल्टाखुल्टी छन् जसले गर्दा दैनिकजसो गाडी बिग्रने र दुर्घटनामा पर्ने गरेका छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend