Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुल्मी र प्यूठान जिल्लाको सिमाना अग्लुंगफेदीमा पक्की पुल निर्माण शुरु


२, मंसिर २०८१
  • 194
    SHARES
  • गुल्मी र प्यूठान जिल्लाको सिमाना अग्लुंगफेदीमा पक्की पुल निर्माण शुरु

    गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका- १ र प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदी खोलामा मोटरवेवल पक्की पुलको निर्माण कार्य शुरु गरिएको छ ।

    अग्लुङ्गफेदी खोलामा बन्न लागेको पक्की पुलको शिलान्यास लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्त रूपमा गर्नुभएको हो ।

    पुल शिलान्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले पुल निर्माण कार्य निर्धारित समयमा सम्पन्न निर्देशन दिनुभयो ।

    सन्तुलित विकासको अवधारणा अनुसार प्रदेश सरकारले पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेको भन्दै उहाँले विकास हरेक योजना निर्माणमा गुणस्तर र पारदर्शिता कायम गर्न जरुरी रहेको बताउनुभयो ।

    सोहि कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पन्थीले विकट बस्तीलाई विकासको मूल धारमा ल्याउने गरी सरकारले योजना अघि बढाएको बताउनुभयो ।

    शिलान्यास कार्यक्रममा आफ्नो मन्तब्य राख्दै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले स्थानीय सरकार र समुदायको सहयोगमा गुणस्तरीय पक्की पुल निर्माण हुनेमा आफु पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

    कार्यक्रममा आफ्नो विचार ब्यक्त गर्दै मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खडकाले निर्धारित समयमा पुल सम्पन्न गर्न स्थानीय तहको तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    मदाने गाउँपालिका–१ अग्लुङ्गमा पर्ने अग्लुङ्गफेदी खोलामा मोटरेबल पक्की पुल निर्माण गर्न लागेकोमा लागिएको मदाने- १ अग्लुंग फेदीका स्थानीय र छिमेकी जिल्ला प्यूठान गौमुखी गाउँपालिकावासी अन्त्यन्तै खुसी बनेका छन ।

    वर्षायामको समयमा यहाँका नागरिकले निकै जोखिम मोल्दै खोला वारपार गर्दै आइरहेकोमा अहिले सो स्थानमा पुल पक्कि पुल बन्न लागेकोमा खुशी ब्यक्त गर्दै स्थानीयले समयमै पुलको निर्माण कार्य सम्पन्न हुनुपर्ने माग मन्त्री,सचिव र आयोजना प्रमुख समक्ष राखेका थिए ।

    स्थानीय गोर बहादुर विश्वकर्माले वर्षाको समयमा खोला तर्नका लागि निकै सास्ती खेप्नु परेको र खोला तर्न सक्ने अवस्था नहुँदा मान्छेसँगै सवारीसाधनहरू खोलाको सतह नघटन सम्म खोलाको छेउ र जंगलमा अलपत्र पर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास ब्यक्त गर्नुभयो । पक्की पुलबाट खोला तर्ने यहाँका नागरिकहरूको इच्छा पूरा हुने भएको छ ।

    यहाँ पुल नहुँदा अग्लुङ्गका स्थानीय नागरिकले मात्रै नभएर छिमेकी जिल्ला प्युठान, बाग्लुङ्गसम्मका नागरिकहरूले वर्षायाममा निकै सास्ती भोग्नुपरेको स्मरण गर्दै मदाने- १ वडाका वडाध्यक्ष सुशील चन्दले अब पुल निर्माणको प्रक्रिया अगाडि बढेको र समयमै सम्पन्न गर्न निर्माण कम्पनी र अन्य निकायलाई आफुले सक्दो सहजीकरण गर्ने बताउनुभयो । वर्षौँदेखि वारपार गर्न निकै सास्ती खेप्दै आएको भन्दै पूर्व वडा अध्यक्ष प्रेम चन्द बोहोराले लामो समयको प्रयासपछि पुल बन्ने भएपछि खुसी मिलेको बताउनुभयो ।

    पुल निर्माण लगत्तै अग्लुङ्गसँगै छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिकाको अर्खा, रजबारा लगायतका विभिन्न स्थानमा १२ महिना सहज रूपमा सवारीसाधन सञ्चालन हुने वडा अध्यक्ष शुशील चन्दले जानकारी दिनुभयो । २०८२ मंसिर ८ गतेसम्म सम्पन्न गर्ने गरी एमरएस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीसंग सम्झौता भएको जानकारी सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचितानन्द चौधरीले बताउनुभयो ।

    बजेट व्यवस्थापनमा कुनै समस्या नआए निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण गर्ने निर्माण कम्पनीका सञ्चालक विजय खनालले कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत चार करोड १४ लाख २९ हजार ९ सय ७९ रुपियाँको लगानीमा निर्माण हुने पक्कि पुलको पुलको लम्बाइ २५ मिटर रहेको कार्यालयका प्रमुख सचितानन्द चौधरीले बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend