Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यु-१९ क्रिकेट : नेपालले कर्नाटकलाई १ सय २१ रनले हरायो


२, मंसिर २०८१
  • 189
    SHARES
  • यु-१९ क्रिकेट : नेपालले कर्नाटकलाई १ सय २१ रनले हरायो

    काठमाडौँ । १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई तेस्रो खेलमा १ सय २१ रनले हराएको छ ।

    नेपाली युवा टोलीले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली ४० ओभर २ बलमा १ सय ६१ रनमा अलआउट भयो । कर्नाटकका गगन रावले सबैभन्दा धेरै ४६ रन बनाए । नेपालका नरेन साउदले ४, युवराज खत्रीले ३ विकेट लिए ।

    यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका तीन जना खेलाडीले अर्धशतक बनाए । रोशन बिकेले नटआउट ८१, मयन यादवले ५८ र उत्तम थापा मगरले ५२ रन बनाए । कर्नाटकका लोहिथ र वासुले २/२ विकेट लिए ।

    योसँगै पाँच खेलको शृङ्खलामा नेपालले अग्रता लिएको छ । पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने भने दोस्रो खेल नेपालले जितेको थियो ।

    नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेलिरहेको हो । यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend