Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिडने


४, मंसिर २०८१
  • 151
    SHARES
  • एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिडने

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको खेल तालिका सोमबार सार्वजनिक गरेको हो ।

    तालिकाअनुसार उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट मङ्सिर १५ गते शनिबार दिउँसो सवा १२ बजे खेल्नेछन् ।

    खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । मङ्सिर १६ गते उपचुनावका कारण खेल हुने छैनन् । १७ गतेदेखि भने दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ ।

    लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ । लिगको शीर्ष दुईमा रहने टोलीले सीधै क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीले सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन् ।

    खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ ।

    अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै एलिमिनेटर खेल्नेछन् । एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ ।NPL_-schedule_final_qEHGlEVjTr.jpg

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend