Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत एक इनिङ्स र १ सय ४१ रनले विजयी


३०, असार २०८०
  • 187
    SHARES
  • वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत एक इनिङ्स र १ सय ४१ रनले विजयी

    काठमाण्डौ । घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी भएको छ ।

    भारतले घरेलु टोलीलाई एक इनिङ्स र १ सय ४१ रनको अन्तरले हराएको हो । योसँगै दुई टेस्टको श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३० रनमा अलआउट भएपछि तेस्रो दिन नै पराजित भएको हो । वेस्टइन्डिजका एलिक एथानाजेले २८ र जेसन होल्डरले २० रन बनाए । अरु कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ७ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिए । त्यसअघि भारतले पहिलो पारीमा ४ सय २१ रन बनाउदा ५ विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो ।

    भारतका यशस्वी जैसवालले १ सय ७१ रनको शतकीय पारी खेलेका थिए । उनी प्लेयर अफ द म्याच भए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज १ सय ५० रनमा अलआउट भएको थियो । वेस्टइन्डिजले घरेलु मैदानमा भारतसँग दुई टेस्ट, तीन एकदिवसीय र पाँच टि–२० श्रृंखला खेल्नेछ । दोस्रो टेस्ट जुलाई २० तारिखदेखि शुरु हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend