Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यु-१९ एसिया कपका लागि नेपाली टोली घोषणा


९, मंसिर २०८१
  • 155
    SHARES
  • यु-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

    काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोली घोषणा भएको छ ।

    आउँदो शुक्रवारदेखि युएईमा शुरु हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

    क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् ।

    टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् । यसअघि घोषित १८ सदस्यीय टोलीबाट विकेटकिपर दिलसाद अलीसँगै तीव्र गतिका बलरद्वय राजेश यादव र दयानन्द मण्डल टोलीमा परेका छैनन् ।

    मंसिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एशियाका आठ देशले सहभागीता जनाउँदै छन् ।

    प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल मंसिर २३ गते हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend