Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

धार्मिक क्षेत्रमा "लूटको पराकाष्ठा"


३०, असार २०८०
  • 161
    SHARES
  • धार्मिक क्षेत्रमा "लूटको पराकाष्ठा"

    बुटवल । बुटवलको तल्लो सिद्धबाबा मन्दिरमा आर्थिक अनियमितता भएको फेला परेको छ । बुटवल उपमहानगरपालिका वडा न–३ सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा र रुपन्देहीको सिमाना रहेको मन्दिरमा आएका भक्तजनहरुले शुभ कार्य गरेवापत सेवा दस्तुर स्वरुप दिएको रकम हिनामिना भएका केहि रसिदहरु फेला परेका हुन् । जसले गर्दा धार्मिक क्षेत्रमा मन्दिर व्यवस्थापन समितिभित्र रहेका व्यक्तिबाटै आर्थिक अनियमितता भएको पाईएको हो। दाताहरुबाट जम्मा गरिने रकम संकलन गर्ने व्यक्तिबाट लिखित रुपमै दुई थरि रसिद काटेर वास्तविक दिएको रकम र नियतवस कम रकम दिएको काटिएको रसिद फेलापरेपछि सर्वत्र आलोचना हुन थालेको छ ।

    मन्दिरमा सेवा लिएबापत भक्तहरुले बुझाएको रकमको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएको हो । यो घटना थाहाँ पाएको मन्दिर ब्यवस्थापन समितिले गुपचुप राख्न प्रयास गरेपनि तर शनिवार एकाएक सामाजिक सञ्जालमा अनियमितता गर्न खोजेको कर्तुतकाको प्रमाण रसिदसहितको तस्विर सार्वजनिक गरेर घटना बाहिर आएकोे हो । एकबर्ष अगाडि सैनामैना नगरपालिका वडा न–४ का राजकुमार कार्की (विलमा कुमार कार्की) लेखिएका व्यक्तिले भने, मैले १ हजार १ सय ५ रुपैयाँ दिएको हुँ । त्यतिवेला खासै यसलाई चासो दिएन, धार्मिक ठाउँमा यस्तो होला भनेर सोँच पनि भएन । अहिले आएर थाहाँ भयो कि धर्म कमाउने ठाउँमा लूट हुँदो रहेछ भनेर । 

    सो मन्दिर व्यवस्थापन समितिको २०७९ मंसिर २४ गतेदेखि समयावधि सकिएको छ । हाल सोही पुरानै समितिले कामचलाउको रुपमा चलाउँदै आएको पाईएको छ । जसको बेथिती मन्दिरमा आर्थिक अनियमितता मौलाएको रहस्य बाहिरीएको हो । व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं हालका कामचलाउ अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाकै मिलोमतोमा वर्षौदेखि दान रकममा हिनामिना हुने गरेको सामाजिक सञ्जालकर्ताहरुको टिप्पणी गरेका छन् । भेटिएको नगदी रसिदमा दानकर्तालाई दिइएको रसिदको रकम भन्दा आधा घटाएर अर्धकट्टीमा लेखिएको स्पष्ट देखिएको छ।

    यता कामचलाउ अध्यक्ष तिमिल्सिनालाई यसबारेमा सत्यता बुझ्न पटकपटक सम्पर्क गर्दा पनि फोन उठेन । यसैविच सो मन्दिर व्यवस्थापन क्षेत्रमा लामो समयकाम गरेका पूर्वअध्यक्ष लवकुश श्रेष्ठले उक्त घटनाले आफूलाई समेत लज्जित बनाएको वताए । मन्दिरमा भेटिएको अनियमितता विरुद्ध अख्तियारमा समेत उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढेको बताईएको छ  । 

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend