Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते


१४, मंसिर २०८१
  • 148
    SHARES
  • दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते

    दाङ । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

    शुक्रवार दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा तुलसीपुर–१८ का १८ वर्षका चल मान बुढामगर, सोही ठाउँका ३२ वर्षका ईन्द्रा थापा, घोराही– ११ बस्ने २५ वर्षका माधव डाँगी सोही ठाउँका ६० वर्षीय रुद्रबहादुर कामी, तुलसीपुर– १८ बस्ने वर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारदा नगरपालिका १० बस्ने ३६ को ढाकाराम कुँवर, तुलसीपुर–१७ बस्ने वर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर–१८ बस्ने वर्ष ५९ वर्षका रमा परियार, तुलसीपुर– १७ बस्ने ३६ वर्षका राधा केसी रहेका छन् ।

    यस्तै तुलसीपुर नगरपालिका वडा नं.१७ का ४६ वर्षका नरबहादुर नेपाली, रुपन्देही बुटवल उपमहानगरपालिका– ११ बस्ने २६ वर्षका नवीन पराजुली, भारत तेलगंगा घर भई ज्योतिष काम गर्ने वर्ष ३९ का कल्याण जगम, घोराही– ५ बस्ने ५२ वर्षका तिलविक्रम गिरी, घोराही– १५ बस्ने ५४ वर्षका डबलबहादुर डाँगी रहेका छन् ।

    तुलसीपुर–१८ बस्ने ३६ वर्षका नन्दकली वली, शान्तिनगर गाउँपालिका–६ बस्ने २४ वर्षका नवीन वली, तुलसीपुर– १८ बस्ने २९ वर्षका आकृति पुन मगर, तुलसीपुर– १७ बस्ने ७९ वर्षका दुर्गाबहादुर केसी, सोही ठाउँका ७८ वर्षका नमा केसी, बसका सहचालक घोराही १४ बस्ने २२ वर्षका सागर नेपाली र घोराही– १७ बस्ने ४० वर्षका गङ्गाराम पोख्रेल घाइते भएका छन् ।

    केही घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सुरु भएको छ । बसका चालक घोराही–१० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।  

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend