Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


३१, असार २०८०
  • 201
    SHARES
  • रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  जिल्ला घोषणा

    रोल्पा । रोल्पा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोप्ना जिल्ला घोषणा गरिएको छ।शनिबार एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रूपमा रोल्पालाई घोषणा गरिएको हो । रोल्पा जिल्लामा रहेका १० वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषण गरिसके पछी  जिल्लामा पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

    रोल्पा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रम जिल्ला खोप समन्वय समिति रोल्पाका प्रमुख एवं जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यको अध्यक्षतामा र लुम्विनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। राष्ट्रिय खोप तालिका बमोजिम खोप लगाएका प्रत्येक बर्ष झैं यस बर्षको बार्षिक कार्यक्रम अनुसार रोल्पामा चालु आर्थिक बर्षमा गत माघ महिना देखि ‘खोज र खोप अभियान’ संचालन गरि राष्ट्रिय खोप तालिका बमोजिम खोप लगाएका ५ बर्ष मुनिका खोप लगाउन छुट भएका बालबालिकाको पहिचान गरि खोप लगाई रोल्पा जिल्लाका दश वटै स्थानीय तहमा पालिका स्तरीय पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले जानकारी दिए।

    रोल्पा जिल्लाको स्थानीय तहहरुले पुर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न गरिसके पश्चात पुर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नेमा त्रिबेणी गाउँपालिका र सुनिलस्मृति गाउँपालिकामा जेठ १६ गते, लुङ्ग्री गाउँपालिकामा जेठ १९ गते, रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकामा जेठ २० गते, सुनछहरी गाउँपालिकामा जेठ २१ गते, थवाङ गाउँपालिकामा जेठ २५ गते, परिवर्तन गाउँपालिकामा जेठ २६ गते, माडी गाउँपालिका जेठ २८ गते र गंगादेव गाउँपालिकामा जेठ ३१ गते सम्पन्न गरेका थिए।जिल्लाभर १५ महिना भित्रका ५ हजार २ सय ७७ जना बालबालिकाहरुले खोप लगाइएको थियोे भने ५ बर्ष मुनिका १३ हजार ६ जना बालबालिकाले पुर्ण खोप पाएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकृत कृष्ण प्रसाद पोख्रेलले  जानकारी दिए।

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका लुम्विनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले बालबालिकाहरुलाई भविष्यमा कुनै प्रकारको रोग लाग्न नदिनको लागि समयमै खोप लगाउन अति आवश्यक रहेको कुरा बताए । बर्तमान समयमा विश्वमा जैविक रोगको प्रकोपले समय–समयमा प्रकृतिलाई चुनौती दिइरहेको कुरा व्यक्त गर्दै विभिन्न महामारी रोगको प्रकोप अन्त्य भएको साथै महामारी रोगको रोगथामको लागि समेत खोपले ठुलो सहयोग गरेको छ,पुनले भने।कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पुनले नेपाललाई सन् २०२८ सम्ममा पुर्ण सरसफाई युक्त नेपाल घोषणा गर्नुपर्ने तर हालसम्म गाउँपालिका तथा जिल्लालाई समेत पुर्ण सरसफाई घोषणा गर्न नसकेको कुरा बताउदै  नेपाललाई २०३० सम्ममा पुग्दा गरिबी बाट माथि उठेर मध्ययम वर्गको रुपमा स्थापित हुनुपर्ने कुरा बताए।

    कार्यक्रममा लुङ्ग्री गाउँपालिकाको अध्यक्ष भरत कुमार थापा,रोल्पा नगरपालिक उपप्रमुख गिता आचार्य,प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेपाली कांग्रेस रोल्पाका पार्टी सभापती किशोर कुमार आचार्य, नेकपा एमाले पार्टीका सचिवालय सदस्य प्रताप घर्ती,नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष गुणेन्द्र घर्ती,नेकपा एकिकृत समाजवादी पार्टी रोल्पाका अध्यक्ष टंक बहादुर पुन,नेकपा रोल्पाका रोल्पा नगरपालिका इन्चार्ज लाल बहादुर सुनार लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए।

    कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती,सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुन, सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, थबाङ गाउँपालिकाको अध्यक्ष ऋषिकेशव बुढा, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा, सुनिलस्मृती गाँउपालिका उपाध्यक्ष मिना थापा, लुङ्ग्री गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङ,परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रिनी,माडी गाउँपालिका उपाध्यक्ष जयपुरी घर्ती,विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक,नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द,संस्थापक सभापती काशीराम डाँगी,पुर्व अध्यक्ष खेम बुढा,लगाएत अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशिल पत्रकार, खोप समन्वय समितिका पदाधिकारी, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका,आमासमुह लगाएतको सहभागीता रहेको थियो।

    कार्यक्रममा रोल्पा जिल्ला पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको प्रतिवेदन जिल्ला खोप समन्वय समिति रोल्पाका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख तथा जिल्ला खोप समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद पोख्रेलले गरेका थिए।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend