Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

फोर्टीन स्टार कपको उपाधि जनसहयोग माविलाई 


१६, मंसिर २०८१
  • 216
    SHARES
  • फोर्टीन स्टार कपको उपाधि जनसहयोग माविलाई 

    गुल्मी । फोर्टीन स्टार युवा क्लव गुल्मी तम्घासले आयोजना गरेको अन्तर माध्यमिक विधालय स्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधि जनसहयोग माध्यमिक विधालय रेसुंगा -५ भुवनपानीले हात पारेको छ ।

    क्लवले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको जनसहयोग माध्यमिक विधालय र महेन्द्र माध्यमिक विधालयका खेलाडी बिचको प्रतिस्पर्धात्मक प्रतियोगितामा जनसहयोग माध्यमिक विधालय भुवनपानीका खेलाडी सन्तोष परियारले खेलको ७८औ मिनेटमा निर्णायक गोल गरेर आफ्नो टिमको जित सुनिश्चित गरेका थिए ।

    खेलको अन्तिम समयसम्म दबाबमा राखेको जनसहयोग माध्यमिक विधालयले महेन्द्र माध्यमिक विधालय तम्घासलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । क्लबले यही मंसिर ११ गतेदेखि १५ गतेसम्म जिल्लाको सदरमुकाम तम्घासस्थित  चिदिचौर खेल मैदानमा माध्यमिक विद्यालयस्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

    पाँचौ फोर्टिन स्टार कपमा जिल्लाभरबाट १५ वटा विद्यालयले सहभागिता जनाएका थिए । शुक्रबार महेन्द्र माध्यमिक विद्यालय र जनसहयोग माध्यमिक विद्यालय बीच फाइनल खेल भएको थियो । जसमा जनसहयोग माध्यमिक विद्यालयले महेन्द्र माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

    खेलमा विजेता जनसहयोग माध्यमिक विद्यालयले ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा उपविजेता बनेको महेन्द्र माध्यमिक विद्यालयले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । खेलमा कक्षा १० सम्म अध्ययन गर्ने छात्र विद्यार्थी मात्र सहभागी थिए ।

    जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि प्रत्येक सदरमुकाम तम्घासमा माध्यमिक विद्यालयस्तरीय खुल्ला छात्र फुटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । उनले पछिल्लो समय गाउँ सहरमा फुटबल खेलको महत्व बढ्दै गएकाले यसको संरक्षण र खेलाडी उत्पादन गर्न यस खेलले थप टेवा पुग्ने बताए ।

    गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरूलाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नेमा यो र यस्ता प्रतियोगिताले थप टेवा पुगिरहेको अध्यक्ष आचार्यले बताए । क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिताको आयोजना गर्नुका साथै क्लबले गुल्मी जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य र सरसफाइ लगायत सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    क्लवको चौथो वार्षिकोत्सव अवसर पारेर आयोजना गरेको फुटवल प्रतियोगितामा १९ वटा विद्यालयको सहभागीता रहेको थियो भने प्रतियोगितामा अर्जै माध्यमिक विद्यालय अर्जे प्रथम र महेन्द्र माध्यमिक विद्यालय तम्घास द्वितीय भएका थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend