बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका–३ कोठियाघाट पुलस्थित सडकमा लु.प्र.०१००३ प १६९२ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक ठाकुरबाबा नगरपालिका–५ भुरिगाउँ घर भएका २५ वर्षीय सुरेन्द्र थारूको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै चालक सोही गाउँपालिका–४ लहावरथकरी बस्ने २५ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।